- अदालतमा उनका वकिलले १ करोड ५० लाख बिना शर्त फिक्स्ड डिपोजिट र डिमान्ड ड्राफ्टमार्फत बुझाउन तयार रहेको बताएका थिए ।
काठमाडौँ: चेक बाउन्ससम्बन्धी मुद्दामा तिहाड जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ । अदालतले यादवलाई आगामी १८ मार्चसम्मका लागि जमानतमा रिहा गर्ने आदेश दिएको हो ।
जमानत याचिकामाथि सुनुवाइ गर्दै अदालतले प्रतिवादी कम्पनीको नाममा १ करोड ५० लाख जम्मा गर्न दिउँसो ३ बजेसम्मको समय दिएको थियो। यादवले तोकिएको रकम डिमान्ड ड्राफ्टमार्फत बुझाएपछि न्यायमूर्ति स्वर्णकान्ता शर्माको इजलासले उनलाई अन्तरिम जमानत प्रदान गरेको हो ।
अदालतमा उनका वकिलले १ करोड ५० लाख बिना शर्त फिक्स्ड डिपोजिट र डिमान्ड ड्राफ्टमार्फत बुझाउन तयार रहेको बताएका थिए । यसअघि २५ लाख र ७५ लाख रुपैयाँका डिमान्ड ड्राफ्ट प्रतिवादीको नाममा बुझाइसकिएको जानकारी पनि अदालतलाई दिइएको थियो ।
सुनुवाइका क्रममा यादवकी भतिजीको विवाह १९ फेब्रुअरीमा रहेको उल्लेख गर्दै पारिवारिक कारणले जमानत दिन आग्रह गरिएको थियो । अदालतले सोही आधारमा १८ मार्चसम्म उनलाई जेलबाहिर बस्न अनुमति दिएको हो ।
अब यस मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा हुनेछ । त्यसबेलासम्म यादव जमानतमा रिहा रहनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।